Logo

प्रदूषित सहर काठमाडौं

फाइल तस्बिर ।

मुलुकको राजधानी र सबैभन्दा ठूलो सहर काठमाडौं उपत्यका फेरि विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ । हालै वायु प्रदूषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । केही दिनयता देशैभरको जंगलमा लागेको डढेलोपछि काठमाडौं उपत्यकाको वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का आधारमा काठमाडौं हालै दिउँसो विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ, जसमा २ सयको एयर क्वालिटी इन्डेक्स रेकर्ड गरिएको थियो ।

वातावरण विभागका अनुसार काठमाडौंसहित विभिन्न सहरको हावामा जंगलमा आगलागीको प्रभाव रहेको बताएका छन् । काठमाडौंको वायु प्रदूषण केही साताअघि पनि बढेको थियो, यो झनै प्रदूषित भएको छ । विपद् व्यवस्थापन विज्ञका अनुसार ५० सम्मको एक्युआई मान राम्रो मानिन्छ भने ५१–१०० मध्यम, १००–१५० अस्वस्थकर र १५०–२०० मापन गर्दा निकै जोखिमपूर्ण मानिन्छ । त्यस्तै, २०१ देखि ३०० सम्मको एयर क्वालिटी इन्डेक्स मान धेरै अस्वस्थकर मानिन्छ भने ३००–४०० खतरनाक र ४०१–४५० धेरै खतरनाक मानिन्छ ।

काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले ३ सयभन्दा बढीको एयर क्वालिटी इन्डेक्सलाई प्रकोप मानिएको छ । त्यस्ता विपद् हुन नदिन फोहोरमा नजाने, सडक सफा गर्न झाडु र भ्याकुमको प्रयोग बढाउने साथै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ मा प्रदूषण न्यूनीकरण गर्न पानी, हावा, माटो, ध्वनि, विद्युत, चुम्बकीय तरंग, रेडियोधर्मी विकिरण र खतरनाक रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिनेसमेत उल्लेख छ । रणनीतिअनुसार प्रमुख सहर र औद्योगिक क्षेत्रलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना गरी सञ्चालन गरी हावा, पानी र ध्वनिको गुणस्तर मापन गरिने कुरा उल्लेख गरिएको छ ।

विश्व बैंकको प्रतिवेदनअनुसार दक्षिण एसियामा वायु प्रदूषणबाट हुने रोगबाट बर्सेनि २० लाखको मृत्यु हुने गर्छ । दक्षिण एसियामा वायु प्रदूषणको अवस्था भयावह छ । संसारका १० प्रदूषित सहरमध्ये ९ वटा दक्षिण एसिया क्षेत्रमा रहेको विश्व बैंकको २०७९ मंसिर २८ को प्रतिवेदनमा उल्लेख थियो । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार हावामा औसत वार्षिक पिएम २.५ को मात्रा एक घनमिटरमा ५ माइक्रोग्राम हुनुपर्छ । २.५ माइक्रोमिटर वा सोभन्दा साना धूलोका कणलाई पिएम २.५ भन्ने गरिन्छ । धेरै साना हुने यस्ता कणले फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मानिसलगायत अन्य जीवित प्राणीलाई अस्वस्थ बनाउँछ ।

सोको प्रभावबाट श्वास–प्रश्वाससम्बन्धी रोगसँगै फोक्सोको क्यान्सर हुने डब्लूएचओले जनाएको छ । त्यस्तै विश्व बंैकको ‘स्ट्राइभिङ फर क्लिन एयर- एयर पोलुसन एन्ड पब्लिक हेल्थ इन साउथ एसिया’ अध्ययन प्रतिवेदनमा हावामा वार्षिक औसत पिएम २.५ को मात्रा ३५ माइक्रोग्राम प्रतिघनमिटरमा पाइएको उल्लेख छ । भारतको लखनउ, कोलकाता, बनारस, नयाँ दिल्ली र पटना, नेपालको काठमाडौं उपत्यका, बंगलादेशको ढाका, अफगानिस्तानको काबुल र पाकिस्तानको इस्लामाबादमा वार्षिक रूपमा हावामा धूलोका कणको मात्रा औसतभन्दा बढी रहेको विगतको तथ्यांक छ । सोअनुसार हावामा पिएम २.५ को मात्रा धेरै जनसंख्या भएको ठाउँमा २० गुणाभन्दा बढी पाइएको देखिन्छ ।

सो प्रतिवेदनअनुसार वायु गुणस्तरका लागि दक्षिण एसियाली मुलुकमा बनाएको नियम पनि प्रभावकारी कार्यान्वयन नभएको जनाइएको छ । सो समस्या समाधानका लागि उत्सर्जनमा कटौतीसँगै क्षेत्रीय रूपमा पहल र समन्वयको खाँचो छ । पूर्ण रूपमा नीतिगत व्यवस्था कार्यान्वयन गरिए हावामा धूलोका कणको मात्रा ४ प्रतिशतले मात्र घट्ने प्रतिवेदनमा उल्लेख छ । सन् २०१८ देखि २०३० मा यस क्षेत्रमा धूलोका कणको मात्रा १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

प्रदूषण नाप्ने आईक्यु एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ । एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङमाइ सहर विश्वको सबैभन्दा प्रदूषण भएको दोस्रो सहरमा परेको छ । स्वीसस्थित एयर क्वालिटी टेक्नोलोजी कम्पनी आइक्यू एयरले उपत्यकाका विभिन्न वायु गुणस्तर अनुगमनकर्ताहरूबाट जानकारी संकलन गरी केही दिनअघि काठमाडौंको वायु गुणस्तर सूचकांक १८१ रहेको निष्कर्ष निकालेको थियो, जुन विश्वकै उच्च हो । एयर रिपोर्ट प्यारामिटरमा आधारित छ । मापन गरिएकोमा सबैभन्दा सानो कण हो, जुन प्रायः सवारी साधनको उत्सर्जन र अन्य धूवाँबाट उत्पन्न हुन्छ र सजिलै मास्कमार्फत पनि सास लिन सकिन्छ ।

विज्ञका अनुसार यसपटक काठमाडौं उपत्यकामा पर्याप्त वर्षा नहुँदा वायु प्रदूषण बढेको सम्बन्धित वातावरणविद्हरू बताउँछन् । काठमाडौं उपत्यकामा ६ महिनाभन्दा बढी समयदेखि पर्याप्त पानी परेको थिएन । यसले हावा सुक्खा भएको छ र प्रदूषकले हावा सजिलै छोप्न सक्छ । उपत्यकाका सवारी साधन, कलकारखाना, इँटा भट्टाबाट निस्कने हानिकारक ग्यासजस्ता स्थानीय प्रदूषक वायु प्रदूषणको प्रमुख कारक रहेको बताइन्छ । त्यसैगरी फोहोर पदार्थ र कृषि घाँस जलाउने, जंगलमा लागेको आगोलगायतका कारण वायु प्रदूषण हुने गरेको छ ।

उपत्यकाको अद्वितीय भौगोलिक अवस्था (कचौरा आकारको बनोट) ले पनि लामो समयसम्म उपत्यकाभित्र प्रदूषण हुनुमा भूमिका खेल्छ । यो वायु प्रदूषणको अर्को कारक हो । विश्व स्वास्थ्य संगठनले वायु प्रदूषणले विश्वभर हरेक वर्ष ७० लाख मानिसको ज्यान लिन्छ र हरेक १० जनामध्ये नौ जनाले उच्च मात्रामा हानिकारक कणहरू भएको हावामा सास फेर्ने अनुमान गरिएको छ । काठमाडौं धेरै किसिमबाट फोहोर छ । हावा धेरै प्रदूषित र खतरनाक छ । दम र फोक्सोको अन्य अवस्था भएका मानिसहरूलाई टाढा रहन राम्रो सल्लाह दिइन्छ ।

काठमाडौंको प्रत्येक फार्मेसीले साइन्स औषधि, स्टेरोइड तथा अन्य श्वासप्रश्वास उपचार औषधिहरूको ब्याट्री बेच्छन् । फोक्सोको रोग निकै सामान्य बन्दै गएको छ । प्रदूषण आंशिक रूपमा भूगोलका कारण हो । काठमाडौं मध्यम उचाइमा कचौरा आकारको उपत्यका हो । प्रदूषण घटाउन गाह्रो छ । फलस्वरूप तेस्रो विश्वका धेरै ठूला सहरजस्तै यो सहर भीडभाड भएको छ, किनभने ग्रामीण क्षेत्रमा धेरै विकास हुन सकेको छैन ।

धेरैजसोले हेर्दा आफ्नो जीवन सुधार्ने एउटै उपाय भनेको राजधानीमा बसाइँ सर्ने वा पाहुना कामदारको रूपमा विदेश जानु हो । सरकारले कहिले पनि मास ट्रान्जिट प्रणाली निर्माण गर्न सकेको छैन, सहर धेरै भीडभाड भएका बस र भ्यानहरूले भरिएको छ, जसले नाफा अधिकतम र न्यूनतम मर्मतसम्भार गर्छ । तिनीहरूको धूवाँले प्रदूषणमा योगदान पुर्याउँछ । आफ्नो मोटरसाइकल, स्कुटर वा कार किन्न सक्ने जोकोहीले एक किन्न रोज्छन्– समस्या थप्दै । अझ महत्वपूर्ण कुरा, यसले ट्राफिक समस्या समाधान हुन्छ भन्ने भ्रममा सहरका लगभग सबै सडक चौडा भएका छन् । समाधान भनेको चालक अनुशासन हो ।

कुनै पनि आयोजना समयमै सम्पन्न नहुनाले सडक वर्षौंसम्म कच्ची रहन्छ । भारी यातायातले धूलो हुन्छ । यो मनसुन वर्षाले खराब बनाइन्छ, किनकि भिजेको–सुक्खा चक्रले धेरै राम्रो वायुजनित कणहरू बनाउँछ । उपत्यकावरपरका गाउँसम्म पुग्ने थुप्रै नयाँ सडक पनि छन्, जसले धूलो पनि उत्तिकै उत्सर्जन गर्छन् । त्यहाँ फोहोर फाल्ने सन्दर्भमा सीमित नागरिक भावना छ, त्यसैले सडकहरू धेरै फोहोर छन् र प्रायः सडकका कुनामा फोहोरका थुप्रा भेटिन्छन् ।

प्रचलित मनोवृत्ति छ, ‘जबसम्म मेरो घर सफा छ, मेरो काम ठीक छ ।’ प्रभावकारी फोहोर फाल्ने प्रणालीको अभाव र रिसाइक्लिङ प्रयासहरूको लगभग पूर्ण अभावले समस्या झन् बढाउँछ । फोहोर सर्वव्यापी छ । नदीको किनारमा खुला दिसा गर्ने चलन अझै पनि सामान्य छ, पानी प्रदूषित र नदीनजिकको हावालाई सास फेर्न गाह्रो बनाउँछ । अन्यथा, यो साँच्चै राम्रो ठाउँ हुन सक्थ्यो ।

पछिल्ला केही वर्षयता राजधानी काठमाडौंसहित देशका प्रमुख सहरमा वायु प्रदूषण बढ्दै गएको छ, जसका कारण विभिन्न रोग र संक्रमणको जोखिमसमेत बढेको छ । वायु प्रदूषण बढ्दा बाहिर निस्कँदा सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, आँखा पोल्नेलगायतका समस्या देखा पर्छन् । यस्तोमा बाहिर निस्कँदा अनिवार्य मास्क लगाउने तथा बिना काम बाहिर निस्कनु हुँदैन भन्ने विज्ञहरू बताउँछन् ।

किन हुन्छ वायु प्रदूषण ?
सवारी साधनको अत्यधिक प्रयोग गर्दा, फोहोरमैला जथाभावी फाल्दा, कलकारखानानजिकै मानव बस्ती हुँदा, पुराना सवारी साधन विस्थापित गर्न नसक्दा, कीटनाशक औषधिको प्रयोग गर्दा, धूवाँधुलोलाई नियन्त्रण गर्न नसक्दा, बढ्दो सहरीकरण, आगलागीका घटना बढ्दा वायु प्रदूषण बढ्छ ।

स्वास्थ्यमा पार्ने असरहरूमा एलर्जी, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी संक्रमण, फोक्सोमा असर, आँखामा असर, निमोनिया घाँटीको क्यान्सर आदि हुन् । बच्ने उपायहरू विद्युत शक्ति र सौर्य ऊर्जाको प्रयोगमा विशेष जोड दिने, कलकारखाना तथा उद्योगभन्दा मानव बस्तीबाट टाढा राख्ने, ढल निकासको उचित व्यवस्था गर्ने, मानवबस्ती वरिपरि धूवाँजन्य पदार्थ नजलाउने, व्यवस्थित सहरीकरणको विकास गर्ने, खोलानाला, नदी, ताल, सडकको गल्ली आदिमा फोहोरमैला नफाल्ने आदि प्रमुख हुन् ।

त्यसो भएकाले नेपालको सन्दर्भमा गर्मी बढेसँगै जताततै डढेलोको संख्यामा वृद्धि भएसँगै वायु प्रदूषण बढेको छ । डढेलो र प्रदूषणका कारण काठमाडौं उपत्यका र मध्य तथा पूर्वी भागमा वायु प्रदूषणको स्तर बढी भएको पाइन्छ । एक अध्ययन स्टेट अफ ग्लोबल एयर–२०२० का अनुसार नेपालमा वायु प्रदूषणले निम्त्याउने रोगका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको उल्लेख छ । यसको रोकथामका लागि वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्कँदा गुणस्तरीय मास्क लगाउने, बढी भीडभाड भएको ठाउँमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि ।
हामी सबैले आफ्नो वरपरको वातावरणको सुधार गरी जल, हावा, जमिन र वनस्पति, जीवजन्तु र मानवको अन्तरसम्बन्धलाई जीवन्त बनाउँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक प्रत्याभूतिलाई सार्थक बनाउने वाचा गर्नु पर्नेछ ।

विश्व वातावरण प्रदूषणमा नेपालीको भूमिका नगण्य भए पनि वायु, जल तथा जमिन प्रदूषणबाट पर्न सक्ने असर न्यूनीकरणका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा भएका नेपालका प्रतिबद्धताहरू कार्यान्वयन गर्न थप प्रेरणा दिनुपर्छ ।
रूखहरूसँग बिताएको समय कहिल्यै खेर जाँदैन । यदि हामीले पृथ्वीलाई सुन्दरता र आनन्द प्रदान गर्न दिएनौं भने यसले अन्तमा खाना पनि उत्पादन गर्दैन । संरक्षण भनेको मानिस र भूमिबीचको मेलमिलापको अवस्था हो । प्रकृतिको सम्मान गर्नु र यसले तपाईंलाई शुद्धता र हरियालीको प्रचुरताले नुहाउनेछ ।

जलवायु परिवर्तनका कारण दक्षिण एसियामा मात्रै ४ करोड मानिस गरिबीमा फस्न सक्छन् । हाम्रो पृथ्वी जोगाउने चुनौती सरकारले मात्रै थेग्न सक्दैनन् । हवाई उडानमा काठमाडौं अवतरण गर्ने क्रममा अग्ला–अग्ला हिमाल देखिँदा हाम्रो ग्रह पृथ्वी र यससँग मानिसको सम्बन्धबारे आश्चर्यमा नपर्ने सायदै कोही होलान् । यी हिमाली शृंखला हिन्दूकुश हिमालय क्षेत्रका २५ करोड र तल्लो तटीय क्षेत्रका थप १ अर्ब ६५ करोड मानिसका लागि पानीका अमूल्य स्रोत हुन् ।

प्रतिक्रिया दिनुहोस्