Logo

प्रभावकारी बन्दै सूर्यज्योतिको अभिकर्ता उत्पादन दूत अभियान

काठमाडौं– सूर्यज्योतिसँग आवद्ध मापदण्ड पूरा गरेका देशैभरिका अभिकर्तामध्येबाट एक वर्षका लागि कम्पनीले प्रोडक्ट एम्बास्डर बनाउँदै आएको छ ।

प्रोडक्ट एम्बास्डर भएका व्यक्तित्वको फोटो राखी कम्पनीको विज्ञापन सामग्री कम्पनीले प्रयोग गर्ने विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत देशव्यापी रुपमा प्रचारप्रसार गर्नुका साथै कम्पनीका देशभरी रहेका शाखा कार्यालयको विशेष स्थानमा उनीहरुको फोटो अंकित व्यानर, विज्ञापन बोर्ड, फ्लायर, लिफलेट तथा पम्पलेट राखी कम्पनीको प्रचार प्रसार गर्ने गरिएको छ ।

कम्पनीले गरेको यो नीतिले अभिकर्ताको सम्मान, इज्जत एवं प्रतिष्ठामा वृद्धि हुने, समाजमा उनीहरुप्रतिको विश्वसनियता बढ्ने, व्यवसाय तथा वृत्ति विकासमा टेवा पुग्ने र आम्दानीमा समेत उल्लेखनिय वृद्धि हुने भएकाले कम्पनीमा आवद्ध सबै अभिकर्तामाझ यो अभियान उत्कृष्ट र लोकप्रिय भएको हो । यो किसिमको सम्मानले सम्बन्धित विजेता एवं समस्त अभिकर्ताको व्यावसायिक मनोवलमा वृद्धि भई सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना भएको हो ।

चालु आ.व. मा कम्पनीका बुटवल–पाल्पा रोड शाखाका कमलप्रसाद घिमिरे, कोहलपुर शाखाका गौरवकुमार शाही तथा महाराजगञ्ज शाखाका सिर्जना पन्तले क्रमशः चौरासी पुजा जीवन बीमा योजना, सुरक्षित भविष्य जीवन बीमा योजना र सावधिक जीवन बीमा योजनाका लागि प्रोडक्ट एम्बार्सडरको उपाधि प्राप्त गर्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्