Logo

नेशनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत अभिकर्तालाई पोखराको घान्द्रुक भ्रमण गराएको छ ।

कम्पनीले २०८० भदौमा सञ्चालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल करिब १४० जना भन्दा बढि वरिष्ठ अभिकर्ताको उत्साहजनक उपस्थितिमा नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ ।

कार्यक्रममा सहभागी भएका वरिष्ठ अभिकर्ताले भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताबीच चिनजान हुनुका साथै एक आपसको अन्तरक्रियाबाट धेरै कुरा जान्न बुझ्न पाउने अवसर जुराई दिएको बताए । ३ रात ४ दिनसम्म सञ्चालन गरिएको भ्रमण कार्यक्रममा सहभागि अभिकर्ताले मनोरञ्जन लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्