अर्थसचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालको शपथ
काठमाडौं– अर्थसचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालकका रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मरासिनीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थसचिव राष्ट्र बैंक सञ्चालक समितिको सदस्य हुने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा उनले तोकेको न्यायाधीशबाट शपथ लिनुपर्ने व्यवस्था छ ।