सूर्य नेपाल काठमाडौं ओपनको शीर्षमा दिनेश र भुवन
काठमाडौं– सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको काठमाडौं ओपनको दोस्रो दिन दिनेश प्रजापति र भुवन नगरकोटी समग्रमा २–अण्डर १३४ सहित शीर्ष स्थानमा रहेका छन् । उनीहरूले ३६ होलको समाप्तीमा रवि खड्कालाई दुई स्ट्रोकले पछि पारे ।
दिनेशले बुधबार ४–अण्डर ६४ मा खेल पूरा गरे । भुवनले भने २–अण्डर ६६ को स्कोर कार्ड तयार पारे । समग्रमा इभन–पार १३६ सहित रवि खड्का तेस्रो स्थानमा रहँदा १–अण्डर ६७ को स्कोर दर्ज गरे । समग्रमा १–ओभर १३७ सहित रामे मगर, निरज तामाङ र भुवन कुमार रोक्का संयुक्तरुपमा चौथो स्थानमा छन् । रामेले ४–अण्डर ६४ को उत्कृष्ट स्कोरमा दोस्रो दिनको खेल सकेका छन् ।
निरज र भुवनले इभन–पार ६८ स्कोर गरे । यसैगरी जयराम श्रेष्ठ र सञ्जय लामा संयुक्तरुपमा सातौं स्थानमा छन् । उनीहरूले समग्रमा २–ओभर १३८ को स्कोर बनाएका छन् । दुवैले आज इभन–पार ६८ मा खेल सके । प्रो कार्ड लिएपछि पहिलो पटक घरेलु टुर खेलिरहेका सुवास तामाङले एक–अण्डर ६७ सहित समग्रमा ३–ओभर १३९ को स्कोर गरे । उनी नवौं स्थानमा रहेका छन् । समग्रमा ४–ओभर १४० सहित संयुक्तरुपमा दसौं स्थान बाँडे ।
चार दिने प्रतियोगितामा कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ । विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन् । यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन् । टप २१ मा पर्ने प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।