नेशनल लाइफको मुक्तिनाथ भ्रमण कार्यक्रम

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई तीन रात चार दिनको मुक्तिनाथ भ्रमण गराएको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताका लागि गत असोज र कार्तिकमा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल २०० जना वरिष्ठ अभिकर्तालाई मुस्ताङ भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले भ्रमण कार्यक्रमबाट देशको आन्तरिक पर्यटन प्रवर्द्धन हुनुका साथै विभिन्न क्षेत्रमा कार्यरत अभिकर्ताबीच एक आपसमा अन्तरक्रिया भई अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा प्रत्यक्ष लाभ पुग्ने बताए ।