रियलाइन्स फाइनान्स र वन्डर्स नेपालबीच सम्झौता

काठमाडौं– रियलाइन्स फाइनान्स र वन्डर्स नेपाल कमलादीबीच सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअन्तरगत फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारी र उनीहरुका परिवारले कमलादीस्थित स्काइ वाक टावरको टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
संस्थाले ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाका ग्राहकलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शीर्षकमा कर्जा प्रदान गर्नुका साथै विभिन्न निक्षेप योजना लागू गरी आकर्षक व्याज प्रदान गर्दै आएको दावी गरेको छ । संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई एससिटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स सेवा, सी आस्वा, आइपीएस, कनेक्ट आइपीएसलगायतका सेवा प्रदान गरिरहेको जनाएको छ ।