नेक्सजेनको योङ इनोभेटर्स मिट
काठमाडौं– नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा योङ इनोभेटर्स मिट कार्यक्रम सम्पन्न गरेको छ । स्टार्ट अप व्यवसाय गरिरहेका र नयाँ गर्न चाहने युवालाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा नेक्सजेनका अध्यक्ष रमेशकुमार भट्टराईले अवसर भएपनि जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुने गरेको बताए । उनले सहयोगी संस्थाहरू र काम गर्न चाहने युवालाईसहजीकरण गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।
स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंसनिय कार्य गरेको बताए ।