Logo

विद्यार्थीलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनललेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शारदा माध्यामिक विद्यालय धनगढीका विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत पोखरेलले विद्यार्थीहरु देशको भविष्यका कर्णधार भएका र उनीहरुलाई सानो भएपनि सहयोग गर्न पाउँदा खुशी महशुस भएको बताए । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्