टोयोटा विमन्स मोटर र्याली

काठमाडौं– टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले मोटर र्याली सम्पन्न गरेको छ । सडकमा सुरक्षित यात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजित टोयोटा बुमन्स र्यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छन् ।
र्यालीमा ५५ सहभागी थिए । शाक्यले ५० हजार रुपैयाँको चेक र ट्रफी प्राप्त गरिन् । यस्तै, दोस्रो हुन सफल रिन्छेन लामाले ३० हजार र ट्रफी जितिन् । तेस्रो भएकी स्वस्तिका महर्जनले २० हजार र ट्रफी पाइन् । धुम्बाराहीबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको र्याली आयोजना गरिएको थियो ।
आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितुसिंह वैद्यले बुमेन्स र्यालीले समय, गति र सुरक्षाको पाटोमा उपलब्धी हासिल गरेको बताइन् । र्याली प्रदर्शनले आगामी दिनमा निरन्तरता दिन प्रोत्साहन दिएको उनले बताइन् । सन् २००४ बाट र्याली सुरु गरेको टोयोटाको वुमन्स र्यालीमा त्यतिबेला महिला चालकहरू कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ ।