सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम
काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सेवाग्राहीलाई नयाँ ढंगले सहायता दिन विभिन्न अफर ल्याएको जनाएको छ ।
युवा पुस्ताहरुलाई मध्य-नजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रमहरु सञ्चालन गर्ने, भविष्यका लागि जीवन बीमा र लगानीको महत्वबारे बुझाउने कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी युवा आकर्षित हुने कार्यक्रमहरु सञ्चालन गरी उनीहरुलाई सचेत गराउने र चाहिने सहयोग पुर्याउने पनि कम्पनीले जनाएको छ ।
पछिल्लो समयमा कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनलगायत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणालीको सुरुवात गर्ने पहिलो कम्पनी हो । अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यस क्रमलाई अझै सक्रिय र अप टु डेट बनाउने प्रयासमा रहेको कम्पनीको भनाइ छ ।