Logo

हिरोले ल्यायो चार नयाँ स्कुटर

काठमाडौं– केही दिनअघि हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरक एवम् व्यापारिक साझेदार बनेको सीजी मोटर्सले नयाँ मोडलको स्कुटर बजामा ल्याएको छ । कम्पनीले चार वटा मोडलका स्कुटर ल्याएको जनाएको छ । हिरोले ल्याएको जुम ११० सीसीको सिङ्गल सिलिण्डर बीएस ६ इञ्जिन उपलब्ध छ ।

हिरो मोटोकर्पले नेपालमा सीजीमार्फत एक्सपल्स २०० ४भी, सुपर स्पिलेन्डर, स्पिलेण्डर प्लस गरी तीन मोटरसाइकल र जुम ११० स्कुटरको बिक्री थालेको छ । यी चारवटै उत्पादनलाई कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीयरूपमै एसेम्बल गर्ने भएको छ ।

प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुने र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीले जनाएको छ । सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रूतरूपमा विस्तार गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्