Logo

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जका अनुसार (नेप्से) परिसूचक सोमबार दोहोरो अंकले घटेको छ । परिसूचक नेप्से सोमबार १५ दशमलव ४१ अंकले घटेर एक हजार नौ सय ६९ दशमलव शून्य दुई विन्दुमा झरेको हाे ।

सोमबार म्युचुअल फन्ड समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनी र एनआईसी एसिया लघुवित्तको शेयर झन्डै साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन पिपुल्स पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले बढेको छ ।

सोमबार ५६ लाख ५६ हजार कित्ता शेयर दुई अर्ब पाँच करोड आठ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको ११ करोड ५४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्