Logo

ह्वाइट लोटस पावरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं– ह्वाइट लोटस पावरले बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्टलाई नियुक्त गरेको छ ।

हाइड्रोले आफ्नो जारी पुँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित एक सय रुपैयाका दरका १२ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्न नेपाल एसबिआई मर्चेण्टलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

सो सम्बन्धी सम्झौतापत्रमा मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र ह्वाइट लोटस पावरका कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका छन् । ह्वाइट लोटस पावरले लमजुङको भुलभुले स्थित हिदि खोलामा ६.८२ मेगावाटको नदी प्रवाहिमा आधारित जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्