मुक्तिनाथ विकास बैंकको सहयोग

काठमाडौं– मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत बालबालिकालाई चाहिने कृतम हातहरु वितरण गरेको छ । एक कार्यक्रम बीच बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र ईनेबल नेपाल संस्थाका पदाकारीबाट कृतम हातहरु बालबालिकालाई वितरण गरिएको छ ।
कार्यक्रममा बैंकका कर्मचारी, बालबालिकाका अभिभावक र ईनेबल नेपाल सांस्थाका कर्मचारीको पनि उपस्थिति रहेको थियो । बैंकले ५ थान कृतम हात वितरण गरेको र निकट भविष्यमा थप कृतम हात वितरण गर्ने जनाएको छ । यो सहयोगबाट बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै बालबालिकाहरुको जीवनमा सकारात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।