कुमारी बैंकद्वारा बीमा रकम भुक्तानी

काठमाडौं– कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती नगरपालिका–२ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो ।
उक्त रकम कुमार बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्सबाट बीमा दावी रकम प्राप्त भई कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको थियो । बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावालासहित परिवारका चार जना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सन्ने बताइएको छ ।
सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगका लागि बीमा सुविधा प्रदान गरिन्छ । बैंकले विगत ४ वर्षदेखि ग्राहकको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको दावी गरेको छ ।