वल्र्डलिंकमा वेलायतको १ अर्ब ३५ करोड लगानी «

वल्र्डलिंकमा वेलायतको १ अर्ब ३५ करोड लगानी

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसनमा बेलायतको विकास वित्त संस्था सीडीसीले १ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । प्राप्त विदेशी लगानीलाई वल्डलिंकले देशका अति विकट गाउँहरूमा उच्चस्तरीय इन्टरनेट पु-याउन प्रयोग गर्ने जनाएको छ । नेपालभर इन्टरनेट सेवा विस्तार गर्ने वल्र्डलिंकको महत्वकांक्षी योजनामा साथ दिने गरी बेलायत सरकारको स्वामित्वमा रहेको सीडीसीले उक्त लगानी गरेको हो ।
बिहिवार आयोजित सीडीसी र वल्र्डलिंकबीचको सहकार्य घोषणा कार्यक्रमा संस्थाका प्रवन्ध निर्देशक र एसिया प्रमुख श्रीनी नागराजनले ऋणको रुपमा नभइ इक्वीटीको रुपमा लगानी गरेको बताए । सीडीसीको यो लगानी वल्र्डलिंकको १० प्रतिशत सेयरका रुपमा रहनेछ ।
उनका अनुसार देशका अधिक दुर्गम क्षेत्रका हजारौं घरपरिवार र साना उद्यमीलाई इन्टरनेटमा जोड्न आफ्नो लगानीले सहयोग पु-याउनेछ । समुदायलाई गरिबीबाट मुक्त गर्न सहयोग पु-याउने कार्यमा इन्टरनेट सेवाले पुलको रुपमा काम गर्नेमा विश्वस्त रहेको सीडीसीका प्रबन्ध निर्देशक नागराजनले बताए ।
वल्र्डलिंकले हालसम्म ८ हजार किलोमिटर भन्दा धेरै अप्टिकल फाइवर विस्तार गरिसकेको छ भने देशभर ७७ शाखाहरु विस्तार गरेको छ । कम्पनीले गत वर्ष २३ करोड रुपैयाँ बरावरको कारोबार गरेको थियो । आउने ५ वर्षमा १० लाख ग्राहक पु-याउने लक्ष्य लिएको कम्पनीको हाल ३ लाख ५० हजार घरधुरीमा सेवा पुगेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक दिलिप अग्रवालले सीडीसीका लागि नेपालको पहिलो शेयर लगानीको साझेदार हुन पाएकोमा खुशी व्यक्त गर्दै आफूप्रतिको विश्वासलाई कमजोर हुन नदिने प्रतिवद्धता व्यक्त गरे । “यो हाम्रो २४ वर्षको परिश्रम तथा नेपालको इन्टरनेट र टेलिकम उद्योगप्रतिको विश्वास हो भने काम गर्ने नयाँ उर्जा पनि हो” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्