Logo

तिहारमा फूल नफुल्दा किसान निरास

धनकुटा-फूलहरुको पर्व तिहार नजिकिदै गर्दा गाउँघरनै ढकमम्क हुनेगरि धनकुटा नगरपालिकाको कर्मिटार, पात्ले, सिप्तङ्ग, स्याउले, कागते र निगाले लगायतका स्थानमा उन्नत जातका सयपत्री र मखमली फूलेका छन् । तर स्थानीय सयपत्री फूल भने भर्खर कोपिला लागेर फक्रँदै छ । यसले गर्दा राम्रो बीउ र खेतीको तरिका नजान्दा सयपत्री फूलको खेती गरेका कतिपय किसानको भने परिश्रम खेर गएको छ ।
तिहार छेक फूल उत्पादन र बिक्री गरेर धनकुटाका कतिपय किसानले राम्रै आम्दानी पनि गरिरहेका छन् । यो वर्ष फूलको कोपिला लाग्ने समयमा धेरै वर्षा भएकाले कतिपय किसानले रोपेको फूल फूलेको छैन् ।
तिहारमा बिक्रीको लक्ष्यका लागि १३ रोपनी जमिनमा लगाएको सयपत्री फूल नफूलेपछि धनकुटा–३ सेउलेका नगेन्द्र घिमिरे निरास छन् । उनले लगाएको स्थानीय जातको सयपत्री २० प्रतिशत मात्रै फूलेको छ ।
फक्रिन बाँकी ८० प्रतिशत कोपिला तिहारमा बिक्रीका लागि तयार हुने संभावना छैन् । छिमेकी गजेन्द्रबहादुर घिमिरेले पनि चार रोपनी जमिनमा सयपत्री र मखमली फूल लगाएका छन् । मखमली ढकमक्क भएपनि सयपत्रीमा भर्खर कोपिला लाग्दैछ । यसरी फूल खेतीबाट निरास हुने यी किसान प्रतिनिधि पात्र मात्र हुन् । अधिकांश किसानको फूल राम्रोसँग फूलेको छैन् । सेउलेका नगेन्द्र घिमिरे भने, ‘अहिले फूलको कोपीला लाग्ने मौसममा परेको वर्षाले फूल तिहारमा फूल फूलेन ।’
तिहारमा फूल बिक्री गर्न नसकिए अन्य समयमा धनकुटामा फूलको कारोबार शून्य प्राय हुन्छ । यसले गर्दा तिहारमा मात्र फूलको कारोबार हुने धनकुटामा फूल नफूल्नाले किसान चिन्तित भएका छन् । तर उन्नत जातको सयपत्री लगाएका धनकुटा पाँच कर्मिटाहारका गोविन्द श्रेष्ठ र उनका छिमेकीको भने बारीनै ढाकेर सयपत्री फक्रिएपछि उत्साहित भएका छन् ।
मनग्गे फूल उत्पादन भएपछि बजारमा राम्रो मूल्य पाउने अपेक्षा उनीहरुको छ । उनले भने, ‘यो वर्ष राम्रो फूल फूलेको छ त्यसैले आम्दानी समेत राम्रो हुन्छ होला ।’ राम्रो बीउ र खेतीको तरिका नजान्दा पनि सयपत्री र मखमली फूलको खेती गरेका कतिपय किसानको मेहेनत खेर गएको हो ।

 

विकास घिमिरे

प्रतिक्रिया दिनुहोस्