Logo

एश्ले ब्राण्डका फर्निचर नेपाली बजारमा

काठमाडौं- नेपालमा पहिलो पटक एश्ले ब्राण्डका फर्निचरहरु बिक्री वितरण सुरु भएको छ । शुक्रबारबाट नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता एसएन जोशी एण्ड सन्स् कम्पनी प्राइभेट लिमिटेडले काठमाडौंको टेकुमा पहिलो आउपटलेट खोली बिक्री वितरण सुरु गरेको हो ।

टेकुमा रहेको आउटलेटमा एश्ले ब्राण्डका सोफा, बेडरुम, किचेनलगायतका घरमा आवश्यक पर्ने सामाग्रीहरु राखिएको छ । यसका साथै होम डेकोरकालाई चाहिने विभिन्न किसिमका सामानहरु पनि राखिएको कम्पनीले जनाएको छ । कम्पनीले बिक्री वितरण सुर भएको अवसरमा एक सातासम्म विभिन्न छुट तथा अफरहरु पनि दिएको छ ।

यस्तै, शून्य प्रतिशत किस्ताबन्दीको व्यवस्था गरिएको समेत कम्पनीले जनाएको छ । एश्ले ब्राण्डका फर्निचर संयुक्त राज्य अमेरिकामा नम्बर एक फर्निचर बिक्री ब्राण्डको रुपमा स्थापित छ । यसको १ सय ६० भन्दा बढी देशमा ११ सय भन्दा बढी आटलेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्