Logo

सिटिजन्स बैंककाे स्मार्ट बचत खातामा आकर्षक सुविधा थपदेखि ६ प्रिभिलेज काउन्टरको सुरुवात

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६४ वैशाख ७ गते २०औं वाणिज्य बैंकको रुपमा स्थापि सिटिजन्स बैंक (आज) शुक्रबारदेखि १८औं वर्षमा प्रवेश गरेको हो । यस १७ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १७ लाख २४ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको बैंकले जनाएको छ ।

सातवटै प्रदेशमा फैलिएको १९० वटा शाखाहरु मार्फत चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ८४ अर्ब रुपैयाँ रहेकोमा कर्जा तर्फ रु १ खर्ब ५६ अर्ब रहेको छ र यसै अवधिमा बैंकले करिब रु १ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले १७औं वार्षिकोत्सवको अवसरमा शुक्रबार बिहानै सातवटै प्रदेशमा करिब १ हजार ५३ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले ‘रक्तदान नै जिवनदान’ भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा सातवटै प्रदेशका कूल २५ शाखाहरुबाट करिब ६८४ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको बैंकको भनाइ छ ।

साथै यसै अवसरमा मधेश प्रदेश अन्तर्गत वीरगन्ज शाखा र लुम्बिनी प्रदेश अन्तर्गत बुटवल शाखाले निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेका छन् । शिविरमा करीब ३ सय जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथै आवश्यक औषधीहरु समेत निःशुल्क प्राप्त गरेका बैंकले उल्लेख गरेको छ । साथै सिटिजन्स बैंकले आफ्नो १७औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘सिटिजन्स स्मार्ट बचत खाता’लाई १७ थरि आकर्षक सुविधाहरु थप गरेर ग्राहकहरुमाझ ल्याएको छ ।

अब ग्राहकहरुले यो योजना अन्तर्गत खाता खोल्दा आकर्षक थप १७ सुविधाहरु निश्चित समयको लागि प्राप्त गर्न सक्नेछन् । सिटिजन्स बैंकले बचत सम्बन्धी विषयलाई ध्यानमा राख्दै वित्तीय साक्षरता सम्बन्धी एक भिडियो सामग्रीसमेत आफ्नो १७औं वार्षिकोत्सवको दिन सार्वजनिक गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यसै दिनदेखि बैंकले आफ्नो थप ६ वटा शाखाहरुबाट ‘प्रिभिलेज काउन्टर’को समेत सुरुवात गरको छ ।

काठमाडौं उपत्यका भित्र कुमारीपाटी, बौद्ध, कोटेश्वर र न्यूरोड शाखामा र उपत्यका बाहिर बुटवल र हस्पिटललाइन शाखामा वैशाख ७ गतेबाट प्रिभिलेज काउन्टर सुचारु भएको छ । साथै १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिटिजन्स बैंकको मूख्य प्रायोजनमा १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता यही वैशाख ०९ देखी १५ गतेसम्म दशरथ रंगशालामा हुन गइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाईहरुबाट १७ लाख २४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्