Logo

डिशहोमले ल्यायो वोनस अफर

काठमाडौं- डिशहोम डिटिएचका ग्राहकहरुले अब जति रकम रिचार्ज गर्नेछन् उतिनै रकम वोनस स्वरुप प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत् रिचार्ज गर्न सक्नेछन् । ३६५ दिनदेखि रिचार्ज नगरेको ग्राहकहरुलाई लक्षित गरी कम्पनीले यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्नेछन् उति पैसा वोनस स्वरुप पाउनेछन् । यदि ग्राहकले ४ सय को रिचार्ज गर्दा ४ सय, २ हजारको रिचार्ज गरेमा २ हजार नै वोनस प्राप्त गर्नेछन् । यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको छ । नियमित रिचार्ज गरिरहेका ग्राहकहरूले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्