Logo

मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रण्डबीच सम्झौता

काठमाडौं– मुक्तिनाथ विकास बैंकले फाइनान्स फ्रेण्डसँग सम्झौता गरेको छ । बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन बैंकिङ परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम सञ्चालनका लागि फाइनान्स फ्रेण्डसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतापत्रमा बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गरुङ र फाइनान्सका अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन् । डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरेर नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्