Logo

विद्यार्थीलाई ग्लोबलको शैक्षिक कर्जा

काठमाडौं– ग्लोबल आइएमई बैंक र हब इन्टरनेसनल एजुकेसन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धवबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकले हब इन्टरनेसनल एजुकेसनले सिफारिस गरेका विद्यार्थीलाई भारतका विश्वविद्यालयहरुमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व वहन गर्न आवश्यक शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्नेछ । हब इन्टरनेसनल एजुकेसनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् छिटो, सरल तथा सहज रुपमा यो कर्जा प्रवाह गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्