Logo

हिले–भीरगाउँ सडक कालोपत्रे सुरु

धनकुटा– धनकुटा नगरपालिकाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने कार्य सुरु भएको छ । विश्व बैंकको सहयोगमा ३२ करोड ७२ लाख रुपैयाँ बराबर लागतमा हुने करिब सात किलोमिटर कालोपत्रे सडकको एक कार्यक्रमका बीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेसंगै काम सुरु गरिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षेत्र भनेर चिनिने भीरगाउँलाई अब सुगम बनाउन यो सडक कोसेढुंगा सावित हुने दाबी गरे । ‘१५ महिनाभित्र यो सडक कालोपत्रे भइसक्छ, आकर्षक बाटो बन्नेछ,’ मेयर तामाङले भने, ‘भीरगाउँबासीले अब नगरबासी भएको महसुस गर्नुहुनेछ ।’

आर्थिक वर्ष २०८२/०८३ मा काम सक्ने गरी आशीष आशिर्वाद स्वामिनारायण जेभीले कालोपत्रेको जिम्मा लिएको छ । तोकिएको समय अगावै सक्नेगरी काम गर्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतले बताए । ट्रयाक खुलेको लामो समयपछि सडक कालोपत्रे हुन लागेको हो । सडक पुग्ने स्थान भीरगाउँमा रहेको मधुगंगा धार्मिक पर्यटनको केन्द्रसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्