Logo

स्काई वाक टावर र प्रभु बैंकबीच सम्झौता

काठमाडौं– प्रभु बैंकका ग्राहकले स्काइवाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन् । बैंक र वन्डर्स नेपाल प्रालिबीच भएको दुईपक्षीय समझदारीसँगै ग्राहकले छुट पाउने छन् ।

समझदारीपत्रमा बैंकका प्रमुख मार्केटिङ अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपालका कार्यकारी निर्देशक पदमप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौताअन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले कमलादीस्थित स्काइवाक टावरको टिकट खरिदमा १० प्रतिशतको छुट सेवा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्नेछ । स्काइवाक टावर कुल ७८.५ मिटर अग्लो छ र यस टावरबाट उपत्यकाको ३६० डिग्रीमा द्दश्यावलोकन गरि मनोरञ्जन लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्