‘वल्र्ड नेपाली म्युजिक अवार्ड’का उत्कृष्ट १० लाई प्रमाणपत्र «

‘वल्र्ड नेपाली म्युजिक अवार्ड’का उत्कृष्ट १० लाई प्रमाणपत्र

यही महिना अमेरिकाको न्यूयोर्कमा पहिलो पटक आयोजना हुन लागेको ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ को उत्कृष्ट दश मनोनयन सार्वजनिक गरिएको छ । जम्मा १८ विधा रहेको यस अवार्डमा उत्कृष्ट दशमा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागि छनोट हुनेछन् ।
जसका लागि निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ । आयोजक वल्र्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ देखि विश्वभरबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारहरुलाई निर्णायकको तर्फबाट ३० प्रतिशत, एसएमएस भोटिङबाट ४० प्रतिशत, सोसियल मिडियाबाट २० प्रतिशत र अनलाइन भोटिङबाट १० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् ।
उत्कृष्ट तीनमा पर्न सफल कलाकारहरुमात्र फाइनल अवार्ड समारोहमा सहभागी हुन युएसको भिषा प्रक्रियामा लगिने उपाध्यक्ष शेर्पाले बताए । फेदर क्रिएशन प्रालिको सहकार्यमा सम्पन्न हुने यो अवार्डका लागीिगएको २१ जुन २१ देखि ३० अगष्टसम्म संसारभरबाट ७ सय ८२ फर्म दर्ता हुन आएका थिए । तीन फर्मको आधारमा आठ निर्णायक समितिले उत्कृष्ट दश छनोट गरेको हो ।
अवार्डमा उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिलातर्फ, भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला तर्फ, उत्कृष्ट आधुनिक गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक दोहोरी गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीतः पुरुष र महिला, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीतकार, उत्कृष्ट म्यूजिक भिडियो निर्देशक, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट लोपन्मुख गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट पप गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत लय संकलक, उत्कृष्ट म्युजीक भिडियो मोडलः पुरुष र महिलातर्फका उत्कृष्ट दशलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्