बाफीकोटमा प्याराग्लाइडिङको परीक्षण

रुकुम पश्चिमको बाफीकोट गाउँपालिका वडा नम्वर ५ काडागाउँमा प्याराग्लाइडिङको सफल परीक्षण भएको छ । स्वीट्जरल्याण्डका नागरिक २७ वर्षिय डेनियाले काँडाको तीन ठाउँबाट उडान भरेका थिए । परीक्षण तीन दिनसम्म भएको थियो ।
पहिलो दिन जन्ती बस्ने लेकबाट उडान भरेको प्यारागालाइडिङ स्यार्पुमा गएर अवतरण गरिएको थियो । परीक्षणपछि प्याराग्लाइडिङको अवतरण स्यार्पुको छेउमा गरिएको छ । स्थानीय गोपाल केसीका अनुसार प्याराग्लाईडिङको बाफिकोटमा पहिलो परिक्षण हो । स्थानीयले प्याराग्लाइडिङका पाईलट डेनियालाई माला लगाएर सम्मान समेत गरेका थिए । गत वर्ष जन्ती बस्ने लेकबाट मुसिकोटको सल्लेसम्म पनि सफल परिक्षण गरिएको थियो ।