Logo

रिलायन्स फाइनान्स र अलफ्ट होटलबीच सम्झौता

काठमाडौं– रिलायन्स फाइनान्स र अलफ्ट होटलबीच सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौतासँगै फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीलाई होटलले दिने सेवामा छुट प्राप्त गर्न सक्नेछन् ।

फाइनान्सले देशका विभिन्न स्थानमा २१ वटा शाखा कार्यालयमार्फत वित्तीय कारोबार गर्दै आएको छ । ‘वित्तीय सेवाको अर्को परिभाषा’ भन्ने नाराका साथ संस्थाले आफ्ना ग्राहकलाई सहज तथा सर्वसुलभ रुपमा विभिन्न शीर्षकमा कर्जा प्रदान गर्दै आएको छ ।

त्यसैगरी निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई एससिटी नेटवर्क एटीएम, विभिन्न रेमिटेन्स सेवा, सी आस्वा, आइपीएस, कनेक्ट आइपीएस सेवा र विद्युतीय चेकलगायतका अत्याधुनिक सेवा प्रदान गर्दै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्