Logo

शिवम्ले बेच्यो १३ करोड बोरा सिमेन्ट

काठमाडौं– शिवम् सिमेन्टले सर्वाधिक १३.३१ करोड बोरा ओपीसी सिमेन्ट बिक्री गरेको दावी गरेको छ । शिवम् आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै सर्वसाधारणका लागि सेयर जारी गर्ने नेपालको पहिलो कम्पनी हो ।

शिवम्ले ४३ र ५३ ग्रेडमा ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित पनि भएको छ । सन् २००३ मा मकवानपुरमा स्थापित कम्पनीले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक ३००० टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्