Logo

अर्घाखाँची सिमेन्ट र एनएमबि क्यापिटलबीच सम्झौता

काठमाडौं– अर्घाखाँची सिमेन्टले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्न एनएमबि क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कार्यको लागि क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा अर्घाखाँची सिमेन्टका चिफ फाइनान्सिएल अफिसर राजु पौडेल तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकता पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडी बढाइने चिफ फाइनान्सिएल अफिसर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्