Logo

गोदरेजको उपहार योजना

काठमाडौं– घरेलु उपकरणको ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यु इयर विशेष’ नामक अभियान सुरु गरेको छ । अभियानअन्तर्गत ग्राहकले गोदरेजका घरायसी सामान खरिद गर्दा ३० हजारसम्मको क्यासब्याक र पक्का उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक पाउनेछन् । त्यस्तै, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड बाइ साइड डोर रेफ्रिजरेटरको खरिदमा सीजी मिक्सर ग्राइण्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै ट्वीन टप वा टपलोड वासिङ मेसिनको खरिदमा तीन लिटर एरियल र माइक्रोवेभको खरिदमा निःशुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन् । गोदरेज एयर कन्डिसनरको खरिदमा ग्राहकले निःशुल्क स्जडान सुविधा पाउन सक्नेछन् । यो योजना सीमित अवधिका लागि लागु हुने कम्पनीले जनाएको छ । गोदरेज अप्लायन्सको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत इओएल प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्