संखुवासभामा महिन्द्राको शोरुम «

संखुवासभामा महिन्द्राको शोरुम

संखुवासभा खाँदबारी–९ तुम्लिङटारमा महिन्द्रा गाडीको शोरुम उद्घाटन गरिएको छ । संखुवासभा र भोजपुर जिल्लामा सेवा पुराउने उद्देश्यले महिन्द्रा एन्ड महिन्द्राको डिलरसिप मनराम मोटर्सले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी शोरुमको उद्घाटन गरेको हो ।
अग्नि इन्कर्पाेरेटेड प्रालिका प्रवन्ध निर्देशक क्वाबिनेट श्रेष्ठबाट उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मनराम मोटर्स प्रालिका सञ्चालक सुजनकुमार श्रेष्ठले संखुवासभा र भोजपुरका सवारीधनीहरूले भोग्न परेका समस्याहरूलाई मध्यनजर गर्दै ६ करोडको लगानीमा शोरुम सञ्चालन गरिएको बताए । मनमाया श्रेष्ठ संरक्षक रहेको मनराम मोटर्सको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यलगायत जिल्लाको प्रतिष्ठित उद्योगी व्यवसायीहरूको उल्लेख्य उपस्थिति थियो ।
शोरुममा काठमाडौँमा उपलब्ध सम्पूर्ण अत्याधुनिक सुबिधासहितको सेवा प्रवाह गरिने मनराम मोटर्सका जेनेरल म्यानेजर सन्दिप काफ्लेले बताए । मनराम मोटर्सले महिन्द्रा गाडीका टु ह्वील, फोर ह्वील सबै किसिमका गाडी तथा स्पेयर्सपार्ट्स बिक्रीसहित अत्याधुनिक उपकरणद्वारा सर्भिसिङ तथा रिपेयरिङलगायत सबै किसिमका सेवा प्रदान गर्ने मनराम मोटर्सका जनेरल म्यानेजर सन्दिप काफ्लेले जानकारी दिए ।
अहिले संखुवासभा र भोजपुरमा गरी १८७ वटा महिन्द्रा कम्पनिका गाडीहरू दर्ता भै सञ्चालनमा रहेको संखुवासभा यातायात व्यवसायी संघका अध्यक्ष हरिश्वर थापामगरले जानकारी दिएका छन् । सवारी धनीहरूले नजिकमा सर्भिसिङ, रिपेयरिङ तथा स्पेयर्सपाट्ससम्बन्धी सेवा नहुँदा कुनै सामान्य समस्या आएमा वा सर्भिसिङ गर्नपरेमा २०० किलोमिटर टाढा रहेको विराटनगर सम्म पु¥याउन पर्ने बाध्यात्मक अवस्था बेहोर्दै आएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले गाडी धनीहरूले समयमा मर्मत संभार र आवश्यक हेरचाह नगर्दा दुर्घटना बढ्ने गरेको भन्दै आगामी दिनमा सवारी साधनहरू मर्मत संभारमा लाग्ने अनावश्यक खर्च न्यूनीकरण हुने धारणा राख्नुभएको छ । शोरुम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले महिन्द्रा एन्ड महिन्द्राको डिलरसिप मनराम मोटर्सले संखुवासभा र भोजपुरका सवारी साधन सञ्चालकहरूले बेहोर्दै आएको सम्पूर्ण समस्याको निराकरण गर्न योगदान पु¥याउने विश्वास राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्