Logo

तपोवनमा मनाइयो ओशो महोत्सव

काठमाडौं– नयाँ वर्षको पहिलो दिन ओशो महोत्सव आयोजना भएको छ । नयाँ वर्षको पहिलो दिन ओशो अनुयायीहरुको महोत्सव ओशो तपोवनमा आयोजना गरिएको हो ।

हरेक नयाँ वर्षमा काठमाडौंको टुँडिखेलमा आयोजना हुँदै आएको ओशो महोत्सव यस पटक ओशो तपोवनमा गरिएको छ । बिहानैदेखि सुरु भएको तेस्रो ओशो महोत्सवमा योग, ध्यान, गीत, संगीत, नृत्य, प्रवचन तथा गुरुहरुबाट आर्शिवाचन समेत भएको थियो ।

निःशुल्क प्रवेश गरिएको कार्यक्रममा खानाका पारखीहरुका लागि फुड फेष्टिबल तथा अध्ययनमा रुचि राख्नेका लागि पुस्तक प्रदर्शनीसमेत राखिएको थियो । ओशो तपोवनको प्रस्तुतीमा भएको कार्यक्रम ओम नेपाल मिडिया प्रा.लि.को आयोजना तथा बीबी एयरवेजको प्रायोजनमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्