तीन महिनाभित्रै एमडिआरटी बन्न सफल अभिकर्ता

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिनाभित्रै ३ जना अभिकर्ताहरु एमडिआरटी– २०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्रबहादुर राउत र बिमल न्यौपानेले तीन महिनाभित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् ।
एमडिआरटी–२०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडिआरटी– २०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिनाभित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पूरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए । एमडिआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सिओटी र ६ गुणा प्रिमियममा टिओटी छनौट हुने प्रावधान रहेको छ ।