Logo

गरिमा विकास बैंकको २०.८१ प्रतिशत क्यासब्याक योजना

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यासब्याक योजना सार्वजनिक गरेको छ । आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु २ सय नगद फिर्ता योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र पिओएस मेसिन मार्फत कारोबार गर्दा अधिकतम रु २ सयसम्म नगद फिर्ता पाउन सक्नेछन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवर्द्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि २०८१ वैशाख १ देखि ३ गतेसम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्