Logo

पानस रेमिट अब निओ मनि ट्रान्सफरको नाममा रि-ब्रान्ड हुँदै

काठमाडौं- एक दशकभन्दा लामो समयदेखि विप्रेषण सेवामा कार्यरत रहेको पानस रेमिटले अब निओ मनि ट्रान्सफरको नाममा रि–ब्रान्ड गरी सेवा दिने भएको छ ।

विदेशमा रहेका नेपालीले अब पानस रेमिटको सट्टा निओ मनि ट्रान्सफरबाट पैसा पठाउन सक्नेछन् । नयाँ प्रविधि र आधुनिक माध्यम प्रयोग गरी न्यूनतम शुल्कमा छिटो, सुरक्षित र भरपर्दो तरिकाले आफन्तको माझमा पुर्‍याउने काम यस संस्थाले गरिरहेको छ ।

निओ मनि ट्रान्सफर नयाँ नाम मात्र नभइ, विप्रेषण सेवालाई आधुनिकरण, ग्राहकलक्षित भइ विश्वमै नयाँ सकारात्मक परिवर्तन ल्याउने एउटा भरपर्दो अभियानका रूपमा लिइएको छ । निओ मनि ट्रान्सफरबाट विदेशमा रहेका नेपालीहरूले डिजिटल माध्यमबाट पठाएको रक मकेही सेकेन्डमै बैंक खाता (लघुवित्त र सहकारी संस्थाहरूसहित) तथा वालेटमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्