Logo

तपोवनमा ओशो महोत्सव, नेपाल र भारतका कलाकारको प्रस्तुती

काठमाडौं- आगामी वैशाख १ गते ओशो महोत्सव हुने भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ओशो अनुयायीहरुको उक्त महोत्सव ओशो तपोवनमा हुने भएको हो । हरेक नयाँ वर्षमा काठमाडौंको टुँडिखेलमा आयोजना हुँदै आएको ओशो महोत्सव यस पटक ओशो तपोवनमा हुन लागेको हो ।

बिहानैदेखि सुरु हुने तेस्रो ओशो महोत्सवमा योग, ध्यान, गीत, संगीत, नृत्य, प्रवचन तथा गुरुहरुबाट आर्शिवाचन समेत हुने कार्यक्रम रहेको छ । निःशुल्क प्रवेश गरिएको कार्यक्रममा खानाका पारखीहरुका लागि फुड फेष्टिबल तथा अध्ययनमा रुचि राख्नेहरुका लागि पुस्तक प्रदर्शनीसमेत रहनेछ ।

उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यतामा हुने विशेष कार्यक्रममा बलिउडका कलाकारहरु मनोज मिश्र तथा रितीका आनन्दका साथै नेपालका चर्चित गायकद्वय सत्यराज र स्वरुपराज आचार्य तथा हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुती रहनेछ । ओशो तपोवनको प्रस्तुतीमा हुन लागेको कार्यक्रम ओम नेपाल मिडिया प्रा.लि.को आयोजना तथा बीबी एयरवेजको प्रायोजनमा हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्