Logo

डिशहोमले ल्यायो ‘मिसन ८१’

काठमाडौं- नयाँ वर्ष २०८१ को सुरुवातसंगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना लिएर आएको छ । यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

फन्ड ट्रान्फरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम विक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्