कुमारीमा निःशुल्क डिम्याट खाता

कुमारीमा निःशुल्क डिम्याट खाता
काठमाडौं, ६ फागुन (कास) ः फागुन ११ गतेदेखि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरू, संस्थापक सेयरधनी संस्थाका (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाको तत्कालीन जिल्ला विकास समिति तथा गाउँ विकास समितिहरूका कर्मचारीहरू), तथा ऋणदाता (सञ्चयकोष) संस्थाका कर्मचारीहरूका लागि सान्जेन जलविद्युत् कम्पनी तथा रसुवागढी हाइड्रोपावर कम्पनीले जारी गर्न लागेको प्राथमिक सेयर सी–आस्बामार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हुँदा उक्त साधारण सेयर आवेदन दिन योग्य आवेदकहरूले कुमारी बैंकद्वारा प्रदान गरिएको निःशुल्क हितग्राही खाता कुमारी बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालयहरूबाट सहज रूपमा खोली यथाशीघ्र लाभ उठाउन आग्रह गरेका छन् । इच्छुक योग्य आवेदकले डिम्याट खाता खोल्नका लागि आफ्नो नागरिकताको फोटोकपी, पासर्पोट साइजको फोटो तथा बैंक खाता नम्बर समावेश गरी कुमारी बैंकको नजिकको शाखामा सम्र्पक गर्नहुन बैंकले अनुरोध गरेको छ ।