नेक्सजेन म्यानेजमेन्टले युवा नव प्रवर्द्धकको भेला गर्ने

काठमाडौं– नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ गते युवा नवप्रवर्द्धकको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो । बर्सेनि दसौं लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै काम छन् ।
तर सरकारी निकायको झमेला तथा बैंक वित्तीय संस्थाबाट सही सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन । सीप, जाँगर र चाहना हुँदाहुँदै पनि बाध्य भए युवाको रोजाई विदेश हुने गरेको छ । यस्तो प्रतिकुल अवस्थामा युवालाई प्रेरित गर्न र उद्योग व्यवसाय गर्ने वातावरण बनाउने गरी नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकको भेला गर्न लागेको विज्ञप्तिमार्फत जनाएको छ ।
भेलामा युवाका व्यावसायिक योजना प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिएका परियोजना स्थापना र सञ्चालनका लागि बैंक वित्तीय संस्थासँग समन्वय गर्ने काम गरिने जनाइएको छ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्श दिने गरी खोलिएको कम्पनी हो ।