Logo

डेढ करोड लगानीकाे डम्पिङ साइट अलपत्र

बाजुरा– बाजुराको बुढीनन्दा नगरपालिकामा बनेको डम्पिङ साइट अलपत्र अवस्थामा रहेको छ । डेढ करोड भन्दा बढी लगानी गरेको डम्पिङ साइट अलपत्र परेको हो । आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाको वडा नम्बर ७ मा रहेको खडका बाडाको गाउँ माथि बनाएको डम्पिङ साइट प्रयोगमा नआएर अलपत्र बनेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले एक करोड ८९ लाख लगानी गरेको डम्पिङ साइट प्रयोगमा नआएर अलपत्र बनेको स्थानीयले बताएका छन् । एकातिर करोडौं लगानी भएको डम्पिङ साइट अलपत्र छ भने अर्कोतिर पालिकाले अर्को डम्पिङ साइट बनाउन लागेको स्थानीयले बताएका छन् । करोडौं खर्च गरेर बनाएको डम्पिङ साइट अलपत्र बनाएर राज्यको रकमको दुरुपयोग भएको स्थानीय धनबहादुर खडकाले बताए ।

अहिले दुईवटा खाल्डा मात्र रहेका छन् । त्यो बेला कुनै योजना बिना डम्पिङ साइट निर्माण गरेको उनले बताए । नगरपालिकाको वडा नम्बर ७ मा रहेको खडकाबाडाको गाउँ माथि बनाएको छ । नगरपालिकाले वडा नम्बर ५ र ७ को सीमाना पर्ने दाडिचौरमा डम्पिङ साइट बनाउन लागेको थियो ।

तर स्थानीयको विरोधका कारण गाउँको शीरमा डम्पिङ साइट निर्माण भएको स्थानीयको भनाइ छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ मा फोहोर मैला व्यवस्थापनको जिम्मा स्थानीय तहलाई रहेको छ । अर्को वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र निर्माण गर्नुपर्ने हुन्छ । जिल्ला सदरमुकाम क्षेत्रमा समेत डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा चुनौती बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्