पाइलटसँग भिडे एयरहोस्टेसको बोइफ्रेन्ड «

पाइलटसँग भिडे एयरहोस्टेसको बोइफ्रेन्ड

लन्डन-आजकल हवाई जहाजसँग सम्बन्धित अचम्मका घटना बाहिरिएका छन् । केही दिन पहिले यस्तै खबर बाहिरिएको छ । जसमा एक महिलाले उडानको समयमा हिटरमा आफ्नो  कपडा सुकाएको फोटो भाइरल भएको थियो । तर यस पटकको घटना यो भन्दा पनि चर्को खालको छ ।
यो पछिल्लो घटनामा एक एयरहोस्टेसका बोइफ्रेन्डले नसामा झुम भएर पाइलटसँग झगडा गरेका छन् । ब्रिटिस एयरवेजमा काम गर्ने एयरहोस्टेस नेटली फिनडाल सिड्नीबाट लन्डनको यात्रामा गइरहेकि थिइन् । उनले यो भ्रमणलाई केही रोमान्टिक तथा यादगार बनाउनका लागि आप्mना बोइफ्रेन्डलाई पनि साथै लिएर गएकि थिइन् । तर उनलाई अगाडि हुने घटनाको बारेमा केही थाहा थिएन । सिड्नीबाट लन्डनसम्मको यो उडानमा सिंगापुरमा रोकिने कार्यक्रम थियो । याहाँकै होटलमा नेटली बाँकि कर्मचारीसँग रोकिएकि थिइन् । उनले आप्mनो बोइफ्रेन्डलाई पनि बोलाउने पैmसला गरिन् । नेटलीको बोइफ्रेन्ड पनि सोही स्थानमा पुगे र धित मर्नेगरी रक्सी पिउन थाले ।
यसपछि होटलको रिसेप्सनमा सोही विमानका पाइलटसँग कुनै कुरालाई लिएर विवाद भयो र दुवै एक अर्कासँग झगडा गर्न थाले । यात्रुका अनुसार नेटलीका बोइफ्रेन्डले विमानमा पनि रक्सी पिएका थिए । नेटलीको यो भ्रमण खराब अवस्थामा परिणत भयो । किनकी यसको नतिजा उनले भोग्नु परेको थियो । यो कुरा जानकारीमा आएपछि ब्रिटिस एयरवेजले नेटलीलाई निलम्वन गर्यो । उनका अनुसार नेटलीले आप्mनो बोइफ्रेन्डलाई सँगै ल्याएर गलत गरिन् । यसका अलावा जुन पाइलटको नेटलीको बोइफ्रेन्डसँग झगडा भएको थियो, उनको पनि परिक्षण भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्