Logo

एभरेष्ट एरोम्याटिक लङग्रेन चामल सार्वजनिक

काठमाडौं– आरजु राइस मिलले स्थानीय किसानको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण सुरू गरेको छ । यसलाई एभरेष्ट एरोम्याटिक सुपर लङ ग्रेन चामल नाम दिइएको छ । मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा चामलको औपचारिक बिक्री सुरूवात घोषणा गरेका हुन् ।

एभरेष्ट चामलको बिक्री शुभारम्भ गर्दै बस्नेतले भने, ‘हामीले धेरै परीश्रम गरेर नेपाली किसानले उत्पादन गरेको धान मात्र किनेर त्यसलाई आम उपभोक्ता माझ पुर्‍याएका छौं ।’ उनले मूल्य विदेशबाट आयातित चामलको दाँजोमा यो निकै सस्तो हुने प्रतिवद्धता पनि व्यक्त गरे ।

आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका ४ हजार भन्दा बढी बिगाहा जग्गामा हजारौं किसानसँग सहकार्य गर्दै आएको छ । मिलले धान रोपाईं अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्