रेनो मोटर्सको नयाँ वर्ष अफर

काठमाडौं– रेनो मोटर्सको नेपालका लागि आधिकारिक वितरक एडभान्सड अटोमोबाइल्सले ‘सुपर डुपर प्राइस डिलाइट’ अभियानको शुभारम्भ गरेको छ । गत चैत ७ गते यो अभियानको सुरूवात गरिएको छ भने जेठ ११ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । यस अभियानमा टप–सेलिङ रेनो मोडल छन्, जसमा क्विड आरएक्सटी ‘०’ एमटी, किगर आरएक्सई एमटी र ट्रिबर आरएक्सएल समावेश छन् ।
यो विशेष अफर अन्तर्गत ग्राहकलाई उल्लेखित मोडेलमा अविश्वसनीय छुट प्राप्त गर्ने अवसर प्रदान गरिएको कम्पनीको भनाइ छ । क्विड आरएक्सटी ‘०’ एमटीको मूल्य १८ लाख ९९ हजार रूपैयाँमा प्राप्त गर्न सकिनेछ । साथै, किगर आरएक्सई एमटीको मूल्य २६ लाख ९९ हजार रूपैयाँ र ट्रिबर आरएक्सएलको मूल्य २१ लाख ९९ हजार रूपैयाँमा प्रदान गरिएको छ ।