क्रम्पटनको नयाँ वर्ष योजना सार्वजनिक

काठमाडौं– होम अप्लाएन्स ब्राण्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ वर्षे जात्रा, उपहारसँग थाइल्याण्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्रमार्फत विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले यो योजनाको लाभ चैत २३ गतेदेखि सीमित अवधिका लागि देशभरका अधिकृत विक्रेतामार्फत उठाउन सक्नेछन् । यस योजनाको अवधिभरी लक्की ड्रमार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडिया को साईड बाई साईड रेफ्रीजेरेटर साथै बम्पर उपहार स्वरूप एक जोडी थाइल्याण्ड जाने मौका प्रदान गरिने कम्पनीले जनाएको छ ।