एनआईसी एशिया लघुवित्तको छुट सुविधा

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चैत मसान्तसम्म सावाँ ब्याज भुक्तानी गर्ने ऋणी सदस्य र कर्जा ग्राहकलाई छुट दिने घोषणा गरेको छ । वित्तीय संस्थाले यसअघिको सम्पूर्ण साँवा व्याज भुक्तानी गर्ने ऋणाी र कर्जा ग्राहकलाई जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत छुट दिने जनाएको छ ।
लघुवित्तले विगत ६ वर्षदेखि ५६० भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा एनआईसी एशियाले शाखा विस्तार गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।