Logo

‘अब एक घण्टाभित्रै श्रम स्वीकृति’

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आइतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले अबदेखि सबै प्रकारका श्रम स्वीकृत एक घण्टाभित्रै स्वीकृत हुने बताएका हुन् ।

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्नसक्ने प्रणाली विकास भएको बताए । उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको बताए ।

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले सम्पूर्ण कागजहरु अनलाइनबाट कागजात पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृती पाउनसक्ने बताए । श्रममन्त्री अर्यालले पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति पेण्डिङमा नभएको दाबी गरे । उनले सेवा दिनको लागि सरकारले आवश्यक प्रविधि र सफ्टवयेरमा समेत सुधार गरिरहेको बताए ।

मन्त्री अर्यालले अहिले दुई सिप्टमा काम भइरहेको भन्दै अब बिहान १० देखि ५ बजेसम्मका गर्ने वातावरण बनाउने बताए । मन्त्री अर्याललेपहिलो पटक यो प्रयास शुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । उनले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणा गरे ।

उनले आगामी दिनमा जो मन्त्री, कर्मचारी आएपनि यसले निरन्तरता पाउने दाबी गरे । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु ठगि रोक्नको लागि यसले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा रहेको बीमा, स्वास्थ्य, अभिमुखिकरण लगायत अन्य कुनैपनि विषयमा सिण्डिकेट लाग्न नदिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्