कृषि विकास बैंकको फोनलोन सुविधा

काठमाडौं– कृषि विकास बैंकले एडीबीएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत योग्य ग्राहकले दुई लाख रुपैयाँसम्म प्रत्यक्ष रुपमा आफ्नै मोबाइल बैंकिङ एपबाट विना धितो, कुनै कागजी कार्य वा बैंक भ्रमण नगरी तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकमा तलबी खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमाअनुसार मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, उक्त कर्जाको भुक्तानी अवधि ईएमआई आधारमा ३, ६, ९, १२ महिना तय गर्न सक्नेछन् भने पूर्व भुक्तानीको विकल्प पनि रहनेछ । एडीबीएल इन्स्ट्यान्ट फोनलोन योग्य ग्राहकहरुले ‘बाई नाउ, पे लेटर’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
बीएनपीएल सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर पेमेन्टको समयमा क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिने बताइएको छ । यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिन्छ र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैगरी ग्राहकले ‘कन्भर्ट टु ईएमआई’ सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
यसअन्तर्गत योग्य ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रुपान्तरण गरी सममासिक किस्तामा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । योग्य ग्राहकको मोबाइल बैंकिङ एपभित्र फोनलोन ब्यानर र रजिस्टर बटन देखा पर्ने बैंकले जनाएको छ । त्यसपछि ग्राहकहरुले एक पटक दर्ता र इमेल प्रमाणित गरेपछि इन्स्ट्यान्ट फोनलोनका सबै सेवाहरु प्राप्त गर्न सक्नेछन् ।