केएनपी नेरोल्याकका दुई नयाँ उत्पादन नेपाली बजारमा

काठमाडौं– जापानको सर्वोत्कृष्ट पेन्ट केएनपी नेरोल्याकले आफ्ना दुई उत्पादन एक्सेल इभरलास्ट १२ र इम्प्रेसन इको क्लिन सार्वजनिक गरेको छ । कम्पनीले नेपाल भरिका आफ्ना सम्पूर्ण अधिकृत बिक्रेतासँग गरेको भेटघाट कार्यक्रमका क्रममा सो उत्पादन सार्वजनिक गरेको हो ।
नयाँ वर्ष २०८१ को सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रममा सार्वजनिक गरिएका दुई पेन्ट मध्ये यू एक्सेल इभरलास्ट १२ एक्टेरियर र यू इम्प्रेसन इको क्लिन घरको भित्री सतहमा लगाउने इन्टेरियर पेन्ट रहेको कम्पनीको भनाइ छ । यी दुवै पेन्टमा सुपर रिच प्रपर्टिज र हानिकारक किटाणु प्रतिरोधीलगायत थुप्रै विशेषता रहेको बताइएको छ । सार्वजनिक गरिएका दुई पेन्टमध्ये यू एक्सेल इभरलास्ट १२ मा १२ वर्षको वारेन्टी दिइएको छ ।