एनएमई स्कुलद्वारा दिक्षान्त समारोह सम्पन्न

काठमाडौं- एनएमई स्कुलको प्रि-प्राईमरी तहको दिक्षान्त समारोह सम्पन्न भएकाे छ । काठमाडौं स्थित कागेश्वोरी मनोहरा नगरपालिकामा रहेको एनईमई स्कुलले युकेजीमा अध्यनरत बालबालिकालाई प्रि-प्राईमरी तहको दिक्षान्त समारोह गरेकाे हाे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजु दाहालले यसरी दिक्षान्त समारोह हरेक वर्ष गर्दै आएको जानकारी दिए । “यसले अभिभावक , विद्यार्थी अनि विद्यालय बीच प्रगाढ माया रहने कुरा हाे,” उनले भने, “समयमा छौं जे गर्छौ समयमा नै गर्नुपर्छ अहिलेको भइरहेको समय पछि नहुन पनि सक्छ, समयमा नै केही गर्न सिकौं भन्ने सन्देश पनि उनले दिए ।”
उल्लेख्य अभिभावकहरुको उपस्थितिमा विद्यार्थीहरुले साँस्कृतिक नृत्यहरु जस्तै थारु नाच , देउडा , नेवारी समुदाय झल्कने नृत्य आदि प्रस्तुत गरिएको थियो भने बालबालिकाहरुको पनि उत्तिकै उत्कृष्ट नृत्यहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा खेलकुदमा उत्कृष्ट भएका विद्यार्थी भाईबहिनी हरुलाई विद्यालयले सम्मान पनि गरेको थियो ।